ग्लोबल


पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी विरुद्ध एफआईआर दर्ता

पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी विरुद्ध एफआईआर दर्ता

नेपालखबर
जेठ १३, २०८३ बुधबार १३:३५, काठमाडौँ

पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीविरुद्ध सामाजिक सद्‌भाव भड्काउने र धार्मिक भावनामा चोट पुर्‍याउने टिप्पणी गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ।

भाजपा नेता तथा अधिवक्ता रिंकी चटर्जी सिंहले सिलगढी साइबर क्राइम प्रहरी स्टेसनमा ममताविरुद्ध एफआईआर दर्ता गराएकी हुन्।

उजुरीकर्ता सिंहले सिलगढीमा पत्रकारहरूसँग भनिन्, ‘प्रहरीले सुरुमा उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो, तर बारम्बार प्रयास गरेपछि दर्ता गरे।’

प्रहरीका अनुसार उजुरीकर्ताले ममता बनर्जीले २०२५ मा धार्मिक कार्यक्रममा र विधानसभा चुनावअघि कोलकाताको धर्मतल्ला क्षेत्रमा आयोजित र्‍यालीमा हिन्दु भावनामा चोट पुर्‍याउने टिप्पणी गरेको आरोप लगाएकी छन्।

एक प्रहरी अधिकारीले भने, ‘उजुरीकर्ताले ममता बनर्जीले एक कार्यक्रममा भनेकी थिइन्- एक विशेष समुदायले चाहेमा पाँच मिनेटमा अर्को समुदायलाई मेटाउन सक्छ।’

प्रहरीका अनुसार ममता बनर्जीविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३५१ (१), ३५२ र ३५३ (२) अन्तर्गत एफआईआर दर्ता गरिएको हो।

धारा ३५१ (१) आपराधिक धम्की दिने कसुरसँग सम्बन्धित छ भने धारा ३५२ शान्ति भंग गर्ने नियतले जानाजानी गरिएको अपमानको कसुरसँग सम्बन्धित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad