ग्लोबल


अस्पतालबाट भारतीय अभियन्ता वाङचुकको सन्देश: ‘मलाई अवैध हिरासतमा राखियो’

अस्पतालबाट भारतीय अभियन्ता वाङचुकको सन्देश: ‘मलाई अवैध हिरासतमा राखियो’

नेपालखबर
साउन ३, २०८३ आइतबार ११:२२, काठमाडौँ

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले आफूलाई अवैध हिरासतमा राखिएको आरोप लगाएका छन्। 

निट परीक्षामा भएको अनियमितताविरुद्ध गत जुन २८ देखि भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा आमरण अनशनमा बसेका  वाङचुकलाई प्रहरीले शनिबार जबरजस्ती उठाएर सफदरजंग अस्पताल लगेको छ।

त्यहाँबाट उनले आज आइतबार एउटा लिखित सन्देश जारी गर्दै आफूलाई ‘अवैध हिरासतमा राखिएको’आरोप लगाएका हुन्।

वाङचुकको सन्देश उनकी श्रीमती गीताञ्जलीमार्फत सार्वजनिक गरिएको हो। 

सन्देशमा लेखिएको छ, ‘स्वतन्त्रताको दोस्रो आन्दोलन, भयमुक्त भारत, अन्यायमुक्त भारत। जुलाई २० मा संसद मार्चलाई सफल बनाउनुहोस्।’

सन्देशमा उनले यही जुलाई २० मा संसद् मार्चमा सामेल हुन र यसलाई सफल बनाउन नागरिकलाई अपिल गरेका छन्। 

यसैबिच वाङचुकलाई अस्पताल लगिएपछि अभिजीत दिपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad