ग्लोबल


छोरालाई मर्न उक्साएको आरोपमा अभिभावकले हाले ओपनएआईविरुद्ध मुद्दा

छोरालाई मर्न उक्साएको आरोपमा अभिभावकले हाले ओपनएआईविरुद्ध मुद्दा

परिवारले ओपनएआईको च्याटबटले किशोर एडम रेनीलाई आत्महत्या गर्न उक्साएको आरोप लगाएको छ।


नेपालखबर
भदौ ११, २०८२ बुधबार २०:०, काठमाडौँ

क्यालिफोर्नियाको एक दम्पतीले आफ्नो किशोर छोरालाई मर्न उक्साएको आरोपमा ओपनएआईविरुद्ध मुद्दा दायर गरेका छन्।

उनीहरूले कम्पनीको च्याटबट च्याटजीपीटीले आफ्नो छोरालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका छन्।

म्याट र मारिया रेनका १६ वर्षीय छोरा एडम रेनको अप्रिलमा मृत्यु भयो। ओपनएआईविरुद्ध 'गलत मृत्यु'को यो पहिलो मुद्दा हो।

परिवारले अदालतमा च्याट लग पनि पेस गरेको छ, जसमा एडम रेनले च्याटजीपीटीसँग आत्महत्याको आफ्नो विचार साझा गरेका छन्।

उनीहरूका अनुसार च्याटबटले उनको ‘सबैभन्दा हानिकारक र आत्मघाती विचार’लाई जायज ठहराएको र प्रोत्साहन गरेको छ।

बीबीसीका अनुसार ओपनएआईले यस विषयमा समीक्षा गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad