ग्लोबल


नागपुर शिविरमा हरेक दिन डेढ लाख साधकको सहभागिता, नेपालबाट पनि पुगे नेताहरू

नागपुर  शिविरमा हरेक दिन डेढ लाख साधकको सहभागिता, नेपालबाट पनि पुगे नेताहरू

नेपालखबर
पुस ८, २०८० आइतबार ११:६, काठमाडौँ

भारतको नागपुरस्थित रेशिमबाग मैदानमा सञ्चालित आठ दिने ध्यान महाशिविरमा नेपालसहित ७० राष्ट्रबाट साधकहरूले सहभागिता जनाएका छन्।

शिविरमा महर्षी शिव कृपानन्द स्वामीद्वारा प्रेरित प्रवचन र ध्यान गराइएको छ। नेपालबाट प्रतिनिधित्व गरेर शनिबारसम्म विभिन्न पार्टीका नेता तथा साधकहरूको उपस्थिति रहेको थियो ।  

निःशुल्क महाशिविरमा हरेक दिन विश्वभरका ७० राष्ट्रका करिब १ लाख ५० हजार साधकको सहभागिता रहेको हिमालय समर्पण ध्यान योगका नेपाल प्रचारक तुलसीराम रेग्मीले बताए।

रेग्मीकाअनुसार नेपालबाट पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकाल, नेकपा एमालेका सचिव तथा पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईको सहभागिता रहेको थियो। त्यस्तै, मंगलबार हुने समापन सत्रमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलको सहभागिता रहनेछ।

आगामी दिनमा नेपालमा नै शिविर गर्ने योजनाअनुसार अघि बढिरहेको पनि रेग्मीले बताए। आध्यात्मिक र आन्तरिक पर्यटन वृद्धिका लागि पनि योग शिविर महत्त्वपूर्ण हुने रेग्मीको धारणा छ।

पुस ३ गते शुभारम्भ भएको ध्यान शिविर १० गतेसम्म चल्नेछ। हरेक दिन बेलुका पाँच बजेदेखि आठ बजेसम्म शिविर सञ्चालन हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad