ग्लोबल


राजस्थानमा लिफ्टमा फसेका १४ जनाको उद्धार (भिडिओ)

राजस्थानमा लिफ्टमा फसेका १४ जनाको उद्धार (भिडिओ)

नेपालखबर
जेठ २, २०८१ बुधबार ९:१३, काठमाडौँ

भारतीय राज्य राजस्थानको झुन्झुनुको कोलिहान खानीमा लिफ्ट बिग्रिएर फसेका १४ जनाको उद्धार गरिएको छ। 

झुन्झुनु सरकारी अस्पतालका नर्सिङ स्टाफले सबैजना सुरक्षित रहेको समाचार एजेन्सी एएनआईलाई बताएका छन्। 

उनीहरूले भने, ‘केहीका हातखुट्टा भाँचिएका छन्। १४ जनामध्ये ३ जनालाई भने कुनै चोटपटक लागेको छैन। सिँढीको सहायताले उद्धार गरिएको छ।’

समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै सबैलाई उद्धार गरिएको जनाएको छ। जसमध्ये ३ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई जयपुरको अस्पतालमा पठाइएको छ। 

हिन्दुस्तान कपर लिमिटेड (एचसीएल) को खानीमा मंगलबार राति दुर्घटना भएको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार यो लिफ्ट अधिकारीहरूको ढुवानीका लागि थियो।

एचसीएलको सतर्कता टोली केही वरिष्ठ अधिकारीसहित खानीमा निरीक्षणका लागि गएको थियो।

तर उनीनीहरू माथि जाँदै गर्दा लिफ्टको डोरी चुडिँदा अड्किएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad