ग्लोबल


पाकिस्तानी सेनाका प्रवक्ताले जब पत्रकार सम्मेलनमै महिला पत्रकारलाई आँखा झिम्क्याए (भिडिओ)

पाकिस्तानी सेनाका प्रवक्ताले जब पत्रकार सम्मेलनमै महिला पत्रकारलाई आँखा झिम्क्याए (भिडिओ)

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १४:६, काठमाडौँ

पाकिस्तानी सेनाको सञ्चार शाखा आईएसपीआरका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले पत्रकार सम्मेलनमै एक महिला पत्रकारलाई आँखा झिम्क्याएपछि भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध लगाइएका आरोपबारे पत्रकार अब्सा कोमानले राखेका प्रश्नमा जवाफ दिने क्रममा चौधरीले उनलाई आँखा झिम्क्याएका हुन्। 

पत्रकार कोमानले सोधेकी छन्, ‘इमरान खानविरुद्ध लगाइएका आरोपहरू जस्तै : राष्ट्रिय सुरक्षा खतरा, राज्यविरोधी व्यक्तित्व र दिल्लीको आदेशमा काम गर्नेजस्ता आरोप अघिल्ला आरोपहरूभन्दा कसरी फरक छन् र कुनै नयाँ कारबाहीको अपेक्षा गरिएको छ कि छैन?’

चौधरीले व्यंग्यात्मक जवाफ दिए, ‘चौथो बुँदा थपौँ : उनी (इमरान खान) मानसिक रूपमा पनि बिरामी छन्।’

यसपछि उनी मुस्कुराए र महिला पत्रकारलाई आँखा झिम्क्याए। 

जसको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो। 

यस विषयमा सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेको छ।

भिडिओ‌ :

पाकिस्तानी अधिकारी वा नेताले महिलाविरुद्ध सार्वजनिक रूपमा यस्तो व्यवहार गरेको यो पहिलोपटक होइन। १३ वर्षअघि पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीको पनि यस्तै भिडिओ भाइरल भएको थियो। तर त्यतिबेलासम्म उनी पाकिस्तानको प्रधानमन्त्री बनिसकेका थिएनन्।

त्यस भिडिओमा युसुफ रजा गिलानीले एक र्‍यालीका क्रममा महिला पत्रकार सेरी रहमानलाई दुर्व्यवहार गरेको देखिएको थियो। तर गिलानी वा सेरी रहमान दुवैले त्यस विषयमा आधिकारिक रूपमा जवाफ दिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad