ग्लोबल


बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला

बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला

नेपालखबर
पुस १८, २०८२ शुक्रबार ७:२२, काठमाडौँ

बंगलादेशमा फेरि हिन्दु समुदायका मानिसविरुद्ध सांघातिक हमला गरिएको छ।

सञ्चारमाध्यमका अनुसार बंगलादेशको सरियतपुर जिल्लामा आक्रमणकारीहरूले ५० वर्षीय खोकन चन्द्र दासलाई धारिलो हतियारले छुरा प्रहार गरी त्यसपछि फेरि पेट्रोल छर्केर आगो लगाइदिएका हुन्।

यद्यपि गम्भीर घाइते खोकनले नजिकैको पोखरीमा हाम फालेर आफ्नो ज्यान बचाएका छन्। उनी हाल ढाकाको एक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा उपचाररत छन्।

घटना गत डिसेम्बर ३१ राति ९:३० बजेतिर दामुद्या उपजिल्लाको कोनेश्वर युनियनको केउरभंगा बजार नजिकै भएको हो। जहाँ खोकन चन्द्र दास औषधि पसल र मोबाइल बैंकिङ व्यवसाय चलाउँछन्। पसल बन्द गरेर घर फर्कने क्रममा आक्रमणकारीहरूले उनलाई घेरे, कुटे अनि चक्कुले हाने।त्यसपछि उनको टाउको र अनुहारमा पेट्रोल छर्केर आगो लगाए।

यो बंगलादेशमा दुई हप्तामा हिन्दु व्यक्तिमाथि गरिएको चौथो आक्रमण हो। यसअघि त्यहाँ हिन्दु समुदायको हत्या भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad