ग्लोबल


ग्रामी अवार्ड पाएपछि दलाई लामाले लेखे: मानवता ८ अर्ब मानवको सामूहिक कल्याणका लागि आवश्यक

ग्रामी अवार्ड पाएपछि दलाई लामाले लेखे: मानवता ८ अर्ब मानवको सामूहिक कल्याणका लागि आवश्यक

तिब्बती आध्यात्मिक गुरु दलाई लामा


नेपालखबर
माघ १९, २०८२ सोमबार १२:८, काठमाडौँ

तिब्बती आध्यात्मिक गुरु दलाई लामालाई ६८औँ ग्रामी अवार्डअन्तर्गत सर्वश्रेष्ठ अडियोबुक श्रेणीमा अवार्ड प्रदान गरिएको छ।

बीबीसीका अनुसार आइतबार लस एन्जलसमा आयोजित ६८औँ ग्रामी अवार्ड समारोहमा उनलाई  सम्मान गरिएको हो। 

उनलाई उनको एल्बम ‘मेडिटेसन्स: द रिफ्लेक्सन्स अफ हिज होलिनेस द दलाई लामा’का लागि उक्त अवार्ड दिइएको हो।

१४औँ दलाई लामाको आधिकारिक एक्स अकाउन्टमा लेखिएको छ, ‘म यो सम्मान आभार र विनम्रताका साथ स्वीकार गर्छु।’

‘मलाई लाग्छ- शान्ति, करुणा, हाम्रो वातावरणको हेरचाह र मानवताको एकता बुझ्नु सबै आठ अर्ब मानवको सामूहिक कल्याणका लागि आवश्यक छ।’

अगाडि लेखिएको छ, ‘म आभारी छु कि यो ग्रामी सम्मानले यी सन्देश अझ धेरै मानिसमा फैलाउन मद्दत गर्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad