ग्लोबल


इबोला भाइरसका कारण कंगोमा ८० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा

इबोला भाइरसका कारण कंगोमा ८० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा

नेपालखबर
जेठ ३, २०८३ आइतबार ८:२०, काठमाडौँ

कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसका कारण अहिलेसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जना शंकास्पद अवस्थामा छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ।

तर यो महामारी नभएको दाबी पनि डब्ल्यूएचओले गरेको छ।

कंगोका स्वास्थ्यमन्त्री समुएल-रोजर काम्बाका अनुसार, पहिलो इबोला संक्रमणका कारण सबैभन्दा पहिले अप्रिल २४ मा एक नर्सको मृत्यु भएको विश्वास गरिन्छ। परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो स्ट्रेन’का आठ घटना पुष्टि भएको छ।

यो संक्रमण हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोङवालु क्षेत्रमा फैलिएको छ। इबोला पहिलोपटक सन् १९७६ मा कंगोमा पत्ता लागेको थियो। यो देशमा इबोला संक्रमण फैलिएको यो १७औँ पटक हो।

विज्ञहरूका अनुसार यसपटक इबोलाको बुन्डिबुग्यो स्ट्रेन पत्ता लागेको छ भने पहिले कंगोमा धेरैजसो संक्रमण जायर स्ट्रेनका थिए।

यसले चिन्ता बढाएको छ, किनभने इबोलाविरुद्ध हाल रहेका उपचार र खोप जायर स्ट्रेनलाई ध्यानमा राखेर विकास गरिएको थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad