ग्लोबल


अस्ट्रेलियालाई ट्रम्पको अपिल: इरानी महिला खेलाडीलाई शरण दिनू, इरान नफर्काउनू (भिडिओ)

अस्ट्रेलियालाई ट्रम्पको अपिल: इरानी महिला खेलाडीलाई शरण दिनू, इरान नफर्काउनू (भिडिओ)

इरानी महिला फुटबल टिम र डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन २६, २०८२ मंगलबार ८:६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्रेलियालाई इरानका महिला फुटबल खेलाडीलाई शरण दिन आग्रह गरेका छन्। 

इरानमा युद्ध जारी रहेकाले अहिले इरानी महिला फुटबल खेलाडीहरूलाई स्वदेश फर्काउँदा ज्यान जोखिममा पर्ने भएकाले अस्ट्रेलियामै बस्न दिन ट्रम्पले अपिल गरेका हुन्। 

ट्रम्पले भनेका छन्, ‘उनीहरूलाई इरान फिर्ता पठाउनु उनीहरूको जीवनलाई खतरामा पार्ने र गम्भीर मानवीय गल्ती हुनेछ।’

इरानका महिला फुटबल खेलाडीहरू महिला एसियाली कप फुटबल प्रतियोगितामा सहभागी हुन अस्ट्रेलिया गएका थिए। यहीबिच इजरायल र अमेरिकाले गत फेब्रुअरी २८ मा हमला गरेका थिए। त्यसयता युद्ध जारी नै छ।

आफ्नो देशमा आक्रमण भएपछि अस्ट्रेलियामा इरानको महिला फुटबल टोलीले राष्ट्रिय गान गाएन। यसपछि इरानी सञ्चारमाध्यमले इरानी महिला फुटबल खेलाडीहरूलाई ‘देशद्रोही’को आरोप लगाउँदै कारबाहीको माग गरेका थिए।

इरानी महिला खेलाडीहरूले राष्ट्रिय गान नगाएको भिडिओ...

ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘यदि यी खेलाडीहरूलाई इरान पठाइयो भने उनीहरूलाई कडा कारबाही हुन सक्छ वा ज्यानै जान सक्छ।’

यस्तै ट्रम्पले यदि अस्ट्रेलिया शरण दिन इच्छुक छैन भने इरानी खेलाडीहरूलाई अमेरिकाले शरण दिने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad