ad ad

कर्णाली


भेरी नदीको पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

भेरी नदीको पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

फाइल तस्बिर


दिनेश बुढा
भदौ ३१, २०७९ शुक्रबार ११:११, सुर्खेत

कर्णाली र लुम्बिनी प्रदेश जोड्ने भेरी नदीको पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ। सडक डिभिजन कार्यालय सुर्खेतले बुधबार ठेक्का सम्झौता अन्त्य गरिएको एक सुचना जारी गर्दै कालो सुचीमा राख्न सिफारिस गरेको हो।

खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता अन्त्य गरेको हो। सुर्खेतको बराहताल गाउँपालिका–२, रानीघाटस्थित भेरी नदीमा पुल निर्माण कार्य सुरु गरिएको थियो। 

२०६९ असार २९ गते निर्माण कम्पनी पप्पु–मल्ल जेभी कन्स्ट्रक्सनले १४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता गरेर ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी काम सुरु गरेको थियो। तर, ठेक्का सम्झौतापछि उक्त निर्माण कम्पनीले १० वर्षसम्म तीनवटा पिलर उठाएर सबै काम अलपत्र पारेर सम्पर्कविहीन भएको छ। डिजाइन फेल भएको कारण देखाउँदै विगत १० वर्षदेखि ठेकेदार कम्पनीले पुल निर्माण अलपत्र पारेको हो। 

यस्तै, कर्णाली राजमार्गमा पर्ने दैलेखको जाक्सी खोला पुल निर्माणको जिम्मा लिएको सिरुवा-कबिर-सुनकोशी जेभी काठमाडौंसँग पनि सडक डिभिजनले ठेक्का सम्झौता तोडेको छ।

सडक डिभिजन सुर्खेतका सूचना अधिकारी इन्जिनियर तुलाराम शर्माले सम्झौता अनुसार म्याद थप भैसक्दा समेत निर्माण कार्य सम्पन्न गर्न तर्फ चासो नदिने, पटक–पटक ताकेता गर्दा अटेरी गरी निर्माण कार्यलाई अलपत्र पारेकाले ठेक्का सम्झौता अन्त्य गरिएको बताए।  

‘दुवै कम्पनीलाई विभिन्न मितिमा कार्यालयबाट निर्माण सम्पन्न गर्न मौखिक तथा लिखित रूपमा ताकेता र सचेतसमेत गराइएकोमा अटेर गरी निर्माण कार्यलाई अलपत्र पारेकाले सार्वजनिक  खरिद ऐन २०६३ को दफा ६३, दफा ५९ को उपदफा ७ र ठेक्का सम्झौताको जेनेरल कन्डिसन अफ कन्ट्याकको ५८.२ मा व्यवस्था भएबमोजिम ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गएिको छ।’ सूचना अधिकारी शर्माले उनले भने।

यस्तै, ठेक्का सम्झौता तोडिएपछि सूचना जारी भएको ३५ दिनपछि नयाँ ठेक्का प्रक्रियामा जाने सूचना अधिकारी शर्माको भनाई रहेको छ। कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बर्दिया, सुदूरपश्चिमका कैलाली र धनगढी जोड्ने द्रुतमार्गका रूपमा यो सडकलाई लिइन्छ। यो सडक निर्माण भई सञ्चालनमा आउँदा सुर्खेतदेखि लुम्बिनी प्रदेशसम्मको दूरी ५२ किलोमिटर छोटिने छ। हाल लुम्बिनी प्रदेशको बाँके र सुर्खेतसम्मको दूरी ८६ किलोमिटर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .