ad ad

कर्णाली


वर्षाले कर्णाली राजमार्ग बन्द

वर्षाले कर्णाली राजमार्ग बन्द

नेपालखबर
असोज २, २०७९ आइतबार ९:३०, दैलेख

निरन्तर वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग बन्द भएको छ। प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा  माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्ण रूपमा बन्द भएको हो। 

यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग बन्द भएको छ। गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत–दैलेख सडकखण्ड अवरोधपछि प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .