ad ad

राजनीति


संसदको यो पत्र, जसले रोक्छ चोलेन्द्रलाई सर्वोच्च फर्कने बाटो

संसदको यो पत्र, जसले रोक्छ चोलेन्द्रलाई सर्वोच्च फर्कने बाटो

सागर न्यौपाने
असोज २, २०७९ आइतबार ९:५०, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई सर्वोच्च फर्कन संसदको एक पत्रले नदिने भएको छ।

संसद सचिवालयले राणालाइ गत फागुन १ मा पठाएको पत्रमा महाभियोग लागेपछी त्यसको अन्तिम किनारा नलागेसम्म कार्यमा फर्कन नमिल्न्ने उल्लेख छ।

राणालाई सर्वोच्च फर्कन नमिल्ने बलियो आधार नै सोही पत्र भएको स्रोतले दाबी गरेको छ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, संवैधानिक परिषद् कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद् सहित चोलेन्द्र शम्शेर राणालाई समेत सम्बोधन गरेर सो जानकारी दिएका थिए।

राणाले आइतबार सर्वोच्च अदालत फर्कने सूचना शनिबार साँझ नै सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए। चोलेन्द्रले अदालत फर्कने सूचना दिँदै अदालत प्रशासनलाई तयारी गर्न निर्देशन दिएपछि बार एसोसियसनले आपत्ति जनाएको छ। 

बारले गेटबाटै चोलेन्द्रलाई रोक्ने चेतावनी दिएको छ। 

शनिबार राती चोलेन्द्रमाथि लागेको महाभियोग छानविन गर्न बनेको सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस सहित प्रतिवेदन बुझाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .