कर्णाली


वीरेन्द्रनगरको डुबान क्षेत्रमा पुग्यो प्रशासन

वीरेन्द्रनगरको डुबान क्षेत्रमा पुग्यो प्रशासन

दिनेश बुढा
असोज २१, २०७९ शुक्रबार १२:४४, सुर्खेत

बुधबारदेखि परेको अविरल वर्षका कारण डुबानमा परेको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्रमा प्रशासन लगायतको टोली पुगेको छ। वर्षाले जलमग्न गरेको वीरेन्द्रनगर उपत्यकाको दक्षिणतर्फको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल लगायतको टोली पुगेको हो। 

साथै उक्त क्षेत्रमा बिहानदेखि नै सुरक्षाकर्मीको टोली परिचालन भईरहेको छ। वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनी लगायतका क्षेत्रहरु डुबानमा परेका छन्। 

निरन्तर वर्षा भइरहेको छ।

यस्तै, उक्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारीको टोली सहित सुर्खेत उद्योग वाणिज्य संघको टिम पनि पुगेको छ। वाणिज्य संघका सदस्य विशाल ढकालले पर्सेनीमा दुई वटा घर डुबानमा परेका जानकारी दिए। उनका अनुसार उक्त घरका सबै परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ। भने पाक्नै लागेको सबै धान भने बाढीले नष्ट बनाएको ढकालले बताए। 

साथै, सुर्खेत प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघ, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी लगायतको टोली डुबान क्षेत्रमा पुगेर उद्धारका लागि खटिएको छ। भने हाल मानवीय क्षति कुनै पनि नभएको प्रहरीले जनाएको छ। 

वर्षाले अहिले वीरेन्द्रनगरको उत्तरी क्षेत्रबाट उपत्यका भएर बग्ने ईत्राम, खोर्के, पिपिरा, ढोडेखाली लगायतका साना खोलाहरुमा बाढीको सतह बढेसँगै वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र जलमग्न भएको छ। 

वीरेन्द्रनगरका उत्तरी जलाधारबाटर उपत्यका भएर बग्ने खोलाको अन्तिम निकाशसमेत ९ नम्बर वडा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .