कर्णाली


एमाले डोल्पाको चुनावी प्रतिवद्धता– जिल्लाभर इन्टरनेट सुविधा, विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा

एमाले डोल्पाको चुनावी प्रतिवद्धता– जिल्लाभर इन्टरनेट सुविधा, विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा

फाइल तस्बिर


दिनेश बुढा
कात्तिक १, २०७९ मंगलबार १०:२०, सुर्खेत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोल्पाले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि डोल्पाबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हुन्।

प्रतिनिधि सभा सदस्य उम्मेदवार गणेशबहादुर शाही, प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार शेरबहादुर बुढा, प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार धनचन्द्र बैजी र प्रदेश समानुपातिक उम्मेदवार तुलाचन्द्र बुढाले संयूक्त निर्वाचन घोषणा प्रत्र सार्वजनिक गरेका छन।

घोषणापत्रको मुल नारा ‘कृषि पर्यटन र पूर्वाधार, समृद्ध डोल्पाको आधार’ राखिएको छ। घोषणापत्रमा फापरको पकेट जिल्ला जडिबुटी प्रशोधनको लागि उद्योग स्थापना, हावापानी सुहाउँदो व्यवसायिक पशुपालन लगायतका विषयवस्तु घोषणापत्रमा उल्लेख गरिएको छ।

यस्तै, एमालेले डोल्पामा शिक्षा क्षेत्रको विकास पहिलो प्रथामिकतामा राखेको छ। जसमा सामुदायिक, प्राविधिक, धार्मिक विद्यालयसहित उच्च शिक्षामा सबैको पहुँचका लागि डोल्पामै मानविकि र विज्ञान संकायमा स्नातकोत्तर तहको पढाईको लागि क्याम्पस  स्थापना गर्ने प्रतिबद्धता जाहेर गरिएको छ। 

यस्तै, पर्यटकहरुलाई सहजको लागि ठाउँठाउँमा टि हाउस, पाहुना घर संचालका लागि प्रोत्साहान गरि रोजगारीको सिर्जना, कृषि, पर्यटन, धार्मिक तथा प्राकृतिक, संस्कृतिक कलाको उच्च तहसम्म प्रवद्धन गर्ने, एक घर एक धारा अभियान र स्वच्छ तथा सफा बस्तीको लागि पहल गर्ने, भेरी करिडोर अन्तर्गतका पुलहरु पूर्ण रुपमा निर्माण र सडक बाटो स्तरउन्नतीको लागि पहल गर्ने जस्ता प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ।

पूर्वाधार विकासतर्फ दुनै धो सम्म ट्याक खोल्ने कार्यलाई प्रथामिकता दिने, उत्तरी तिब्बत क्याटो, मरिम्ला नाका खोल्नको लागि संघीय सरकारसँग पहल गरिने, माथिल्लो डोल्पा मुस्ताङहँुदै संघिय राजधानी जोड्ने बाटो पहल गर्ने, डोल्पादेखि मध्यपहाडी राजमार्गहुँदै संघिय राजधानी जोड्ने बाटोको पहल गर्ने, जुम्ला–जगदुल्ला–त्रिपुराकोट, त्रिवेणी–मुड्केचुला–जुम्ला जोड्ने बाटोको पहल गर्ने एमालेले जनाएको छ।

यस्तै, कृषिमा फलफुल खेतीको लागि सिचाई व्यवस्थापन, स्थानीय रैथाने खेती उत्पादित वस्तुलाई प्रशोधन तथा बजारिकरण, चिस्यान केन्द्रको स्थापना, फलफुलमा स्याउ, ओखर, कागति, किवी, दलहनमा सिमी, तरकारीमा आलु र अन्न बालीमा फापरको पकेट क्षेत्रका रूपमा विस्तार गर्ने जनाएको छ।

डोल्पाको भोट क्षेत्रहरुमा च्यांग्रा, चौरी(याक) पालन र पशुजन्य उत्पादनमा विशेष जोड दिँदै बजारीकरणमा पहल गरिने, जिल्लाका अन्य क्षेत्रमा हावापानी सुहाउँदो व्यवसायीक पशूपालनमा प्रवद्र्धन गर्ने, भैपरी आउने समस्या तथा बिरामी हुँदा औषधी उपचारमा हुने समस्यालाई मध्यनजर गर्दै अनिवार्य स्वास्थ्य बिमाको लागि पहल गर्ने, अपाङ्ग, एकल महिला, गरिबी, दलितका लागि भैपरी आउने दुर्घटना, गम्भिर रोग, औषधी उपचारका लागि राहत कोषको व्यवस्थाका लागि पहल लिइने घोषणा पत्रमा जारी गरिएको छ।

यस्तै, विद्युत् समस्यालाई समाधान गर्न राष्ट्यि प्रसारण लाईन जोड्न पहल गर्ने, आँखेखोला जलविधुत र जैरीगाड विद्युतलाई थप मर्मत गरि संचालनमा ल्याउन पहल गर्ने, विद्युत नपुगेका नागरिकलाई सौर्य ऊर्जा र धुवाँरहित सुधारिएको चुलो वितरणको लागि पहल गर्ने, जिल्लाभरि ईन्टरनेट सहितको फोन सेवा संचालनको लागि पहल गरिने, सूचनाको पहुँच नपुगेका ठाउँहरुमा पहुच पुग्ने गरि एफ एम रेडियो विस्तार निर्माण गरिने, जिल्ला स्तरको रंगशाला स्तरउन्नती, प्रत्यक स्थानीय तहमा रंगशाला, कवर्डहल निर्माणको लागि पहल गर्ने, हिमाली खेलकुद र खेल पर्यटनको अध्ययन गरिने, बेरोजगारी न्यूनिकरण गर्न विभिन्न वित्तिय संस्था संग समन्वय गरि यूवाहरुलाई कृषि, पर्यटन, पशुपालन तथा अन्य उत्पादनमा रोजगारीसँगै सहभागिता जनाउने लगायतका घोषण पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .