ad ad

खेल


गण्डकीका अनिशलाई म्याराथनमा स्वर्ण

गण्डकीका अनिशलाई म्याराथनमा स्वर्ण

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १०:१७, काठमाडौँ

गण्डकी प्रदेशका अनिश थापा मगरले पोखरामा जारी नवौँ राष्टिय खेलकुद अन्तर्गत पुरुषतर्फको म्याराथनमा स्वर्ण पदक जितेका छन्। 

पोखरा रगंशालामा मगंलबार भएको म्याराथनमा पुरुषतर्फ गण्डकी प्रदेशका अनिशले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पार गरे।

उनले विभागीय टोली त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै गण्डकी प्रदेशलाई स्वर्ण पदक दिलाएका हुन्। आर्मीका कृष्णले २ घण्टा २३ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितेका छन्।

एपीएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक जिते। 

नेपाल पुलिसका करण बहादुर खड्का चौथो र आर्मीका नरेन्द्र सिंह रावल पाचौँ र आर्मीका खिम बहादुर खत्री छैटौँ स्थानमा रहे। पुरुष म्याराथनमा १८ खेलाडीले स्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .