कर्णाली


निर्वाचन सुरक्षा रणनीति बनाउन गाउँ पस्यो सुर्खेत प्रशासन

निर्वाचन सुरक्षा रणनीति बनाउन गाउँ पस्यो सुर्खेत प्रशासन

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १९:२७, सुर्खेत

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि सुरक्षा अवस्थाको वस्तुस्थिती बुझ्न सुर्खेत प्रशासन गाउँ केन्द्रित भएको छ। 

मंगलवार पश्चिम सुर्खेतका ३ पालिका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाको सुरक्षा अवस्था बुझ्न सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा प्रदेश निर्वाचन अधिकारी तथा सुर्खेतका ४ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्र्रिय अनुसन्धान वटै सुरक्षा निकायका प्रमुखसहितको टोली पश्चिम सुर्खेत पुगेको हो। 

आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न तथा चुनावका बेला हुन सक्ने सम्भावित अपराधिक घटनाहरु रोक्नका लागि विशेष सुरक्षा रणनीति तय गर्न प्रशासनको टोली पश्चिम पुगेको हो।

टोलीले समर्ग पश्चिमको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad