नेकपा (माओवादी केन्द्र)बाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिस भएका छन्।
बुधबार पार्टीले सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिस गरेको हो।
जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२)बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए।
यता, नेकपा एमालेले पनि मन्त्रीको अन्तिम टुङ्गो लगाएको जनाएको छ। तर, नाम सार्वजनिक भएको छैन।
291
Shares

प्रतिक्रिया