कर्णाली


दैलेखमा १२ जना मजदुर आगोले जलेर घाइते

दैलेखमा १२ जना मजदुर आगोले जलेर घाइते

दिनेश बुढा
बैशाख २७, २०८० बुधबार १६:४, सुर्खेत

दैलेखमा मजदुरी गर्न गएका १२ जना मजदुर आगलागीमा परेका छन्।

जिल्लाको आठबिस नगरपालिका–६ मा पर्ने माल्याको जंगलमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो खन्न गएका उनीहरु वनमा लागेको आगोमा परी घाइते भएका हुन्।

आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालका अनुसार काम गरिरहेको अवस्थामा एक्कासी वनमा लागेको आगो फैलिएको र भाग्ने ठाउँ नभएपछि उनीहरुको शरीरमा आगो लागेको हो।

घटनास्थलतर्फ प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयसहितको टोली गएको प्रमुख बडुवालको भनाई छ।

‘काम गर्न गएका १२ जना आगलागीमा परेको बुझिएको छ। ति मध्ये तीन जनाको अवस्था गम्भीर छ भन्ने सुनेका छौं। हामीले घाइतेहरुको उद्दारका लागि टोलि परिचालन गरिसकेका छौं’ प्रमुख बडुवालले भने।

घटनाको विस्तृत विवरण आइ नसकेको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .