कर्णाली


वीरेन्द्रनगरबाट यौन व्यवसायको आरोपमा १७ जना प्रकाउ

वीरेन्द्रनगरबाट यौन व्यवसायको आरोपमा १७ जना प्रकाउ

नेपालखबर
असार २३, २०८० शनिबार २०:४०, काठमाडौँ

कर्णालीको वीरेन्द्रनगरका विभिन्न स्थानबाट यौन व्यवसायमा संलग्न भएको आरोपमा १२ महिलासहित पाँच पुरुष पक्राउ परेका छन्। वीरेन्द्रनगरमा सञ्चालित विभिन्न होटलहरुबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार दिउँसो कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा यौन व्यवसाय भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले छापा हानेको थियो।

सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले १२ वटा महिला ५ पुरुष गरेर १७ जना पक्राउ गरेको जानकारी दिए।

‘प्रहरीलाई अवैध रुपमा यौन व्यवसाय सञ्चालन भइरहेको भन्ने गोप्य खबर आएको थियो,’ उनले भने, ‘त्यसै अनुसार वीरेन्द्रनगरका विभिन्न होटलमा छापा हानेर उनीहरूलाई पक्राउ गरेको हो। उनिहरू माथि भोली थप अनुन्धान हुन्छ।’

पछिल्लो समय वीरेन्द्रनगरमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गरेको गुनोसो बढ्दै आएको छ।

प्रहरीमा यौन व्यवसाय सञ्चालन गरेको गुनासो र सूचना बढी आउन थालेपछि प्रहरीले आफ्नो एक्सनमा उत्रिएको हो। प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .