कर्णाली


एमाले कर्णाली अधिवेशनको तयारी पूरा

एमाले कर्णाली अधिवेशनको तयारी पूरा

नेपालखबर
असोज ९, २०८० मंगलबार १७:४२, सुर्खेत

नेकपा एमालेले भोलि (असोज १० गते)बाट सुरु हुन लागेको प्रथम कर्णाली प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने अधिवेशन तयारीको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए।

अध्यक्ष शाहका अनुसार अधिवेशनको उद्घाटन सत्र बुधबार विहान ११ बजे सुर्खेतस्थित सिटी हलमा आयोजना हुनेछ।

अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् भने पार्टी महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको अध्यक्ष शाहले बताए।

अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६ सय चार जना प्रतिनिधिले भाग लिनेछन्। जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन्। एमालेले छानेका प्रतिनिधिहरुमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जना दलित प्रतिनिधित्व रहनेछन्।

अधिवेशनमा जिल्लागत प्रतिनिधित्व (भूगोल अन्तर्गत) सुर्खेतबाट एक सय १२, जाजरकोट ७५, दैलेख ७४, कालीकोट ६५, हुम्ला ४८, जुम्ला ४८, हुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुमपश्चिम २३ गरी पाँच सय ५४ जना र विभिन्न २२ वटा जनवर्गिय संगठनबाट ५० जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।

अधिवेशनको बन्द सत्र असोज ११ गते विहान ८ बजेदेखि सुरु हुनेछ। बन्दसत्रले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ, भने पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने अध्यक्ष शाहले बताए।

अधिवेशनको उद्घाटन सत्रमा झण्डै पाँच हजारको जनसहभागिता रहने एमालेले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad