कर्णाली


तिहार मनाउन दैलेखबाट ४ दिनअघि खलंगा गएका थिए दिदीभाइ, सरकारी क्वार्टरमा दुवै अस्ताए

तिहार मनाउन दैलेखबाट ४ दिनअघि खलंगा गएका थिए दिदीभाइ, सरकारी क्वार्टरमा दुवै अस्ताए

दिनेश बुढा
कात्तिक १८, २०८० शनिबार १९:३, सुर्खेत

गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी दिदीभाइको निधन भएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा दिदीभाइको मृत्यु भएको हो।

दैलेखको दुल्लु नगरपालिका–६, पुसाकोटकी घर जागिरको शिलशिलामा जाजरकोट रहेकी एलिना भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक एलिना नापी कार्यालय जाजरकोटमा सर्वेक्षक (अमिन)को रुपमा कार्यरत थिइन्। यही कार्त्तिक ७ गते भएको दसैँमा दैलेख घर आएकी उनी तिहार जाजरकोटमै मनाउने गरेर भाइलाई साथमा लगेकी थिइन्। 

नापि कार्यालय जाजरकोटको सरकारी क्वार्टरमा सुतेको बेला भूकम्प जाँदा एलिनासँगै उनका भाई प्रज्वल शाहीको पनि मृत्यु भएको छ। 

परिवार स्रोतका अनुसार ७ कात्तिकमा दसैँ मान्न घर रहेकी एलिना विगत चार दिनअघिमात्र भाइसँगै जाजरकोट सदरमुकाम खलंगा पुगेकी थिइन्।

सुर्खेतमा पढ्दै गरेका एलिनाका भाइ प्रज्वल दसैँ–तिहार बिदामा दैलेख घरमा गएका थिए। बिदामा बसेका भाइलाई एलिनाले तिहार उतै मनाउने भरेर आफूसँगै जाजरकोट लगेकी थिइन्। 

एलिना र प्रज्वलका आमा एकै भए पनि बुवा भने फरक हुन्। बुवाको मृत्युपछि एलिनाकी आमाले प्रज्वलका बुबासँग दोस्रो विवाह गरेकी थिइन्। 

पढाइमा अब्बल र मिलनसार एलिनाको निधनले घर परिवारमा मात्रै नभई विद्यालयलाई समेत ठूलो क्षति पुगेको अमर ज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए।

एलिना सुर्खेतको अमर ज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौँ सेमेस्टरमा पढ्दै थिइन्। आफन्तका अनुसार एलिनाको इन्जिनियर बन्ने सपना थियो। उनको त्यो सपना पनि पूरा हुनै लागेको थियो।

किनभने उनको इन्जिनियरिङ पाँचौँ सेमेस्टर पनि सकिनै लागेको थियो। 

तर, उनको सपना अधुरै भयो।

चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गर्दै आएकी एलिनाले गत वर्ष भदौमा निजामति सेवामा समेत प्रवेश गरेकी थिइन्।

तर, लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा सर्वेक्षक अमिनमा सिफारिस भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .