कर्णाली


भूकम्पका कारण जाजरकोटको रिम्ना–खलंगा सडकखण्ड अवरुद्ध

भूकम्पका कारण जाजरकोटको रिम्ना–खलंगा सडकखण्ड अवरुद्ध

दिनेश बुढा
कात्तिक २०, २०८० सोमबार १८:१५, सुर्खेत

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर सोमबार अपरान्ह पुनः भूकम्प गएको छ। भूकम्पका कारण जाजरकोट रिम्ना–खलंगा सडकखण्ड अवरुद्ध भएको छ। 

प्रहरीका अनुसार सडक खुलाउने कार्य भइरहेको छ। सडक अवरुद्ध हुँदा कर्णालीका पर्यटन मन्त्री र सामाजिक विकास मन्त्री रोकिएका छन्।

यस्तै, राहत पुर्‍याएर फर्किएका र गइरहेका एक बढी सवारी साधन रोकिएका छन्। 

सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका जिल्लामा महसुस गरिएको छ।

यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .