समाज


खैरो हेरोइन बोकेर नेपाल भित्रिरहेका भारतीय नागरिक पक्राउ

खैरो हेरोइन बोकेर नेपाल भित्रिरहेका भारतीय नागरिक पक्राउ

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १८:२१, धनगढी

कञ्चनपुरमा लागु औषध खैरो हिरोईनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित होल्डिङ सेन्टर नजिकबाट खैरो हिरोईनसहित उत्तराखण्ड चम्पावत मिना बजारका धमेन्द्र दुबे पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा नेपालतर्फ प्रवेश गर्ने क्रममा दुबेलाई खैरो हिरोईनसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनको साथबाट ९.३३ ग्राम खैरो हिरोईन बरामद गरिएको थियो। 

यूके ०३ बी ८२६९ नम्बरको मोटरसाइकलसहित प्रहरीले दुबेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .