ad ad

कर्णाली


रुकुम पश्चिममा भूकम्पबाट ६१ विद्यालयका सय बढी भवन पूर्ण क्षति

रुकुम पश्चिममा भूकम्पबाट ६१ विद्यालयका सय बढी भवन पूर्ण क्षति

दिनेश बुढा
कात्तिक २३, २०८० बिहिबार १९:४१, सुर्खेत

भूकम्पका कारण रुकुमपश्चिका ६१ वटा विद्यालयहरू प्रभावित भएका छन्। भूकम्पले बढी क्षति गरेको आठबिसकोट नगरपालिकमा गरेको छ। यी विद्यालयहरूमा रहेका अधिकांश भवनहरू पूर्णरुपमा क्षति भएका छन् भने थोरै मात्रामा आशिंक क्षति भएका छन्।

विवरण अनुसार जिल्लाभर ६१ वटा विद्यालयका ६३ वटा भवनहरू पूर्ण रुपमा क्षति भएका छन् भने १८ वटा भवन आशिंक क्षति भएका छन्। १३ वटा शौचालय पूर्ण रुपमा क्षति र कतिपय विद्यालयका पर्खाल तथा फिल्ड भासिएका छन्।

यस्तै, आठबिसकोट नगरपालिकामा मात्रै ३३ वटा विद्यालयहरूमा भौतिक क्षति पुगेको छ।

जसमा जनविकास मावि, आर्दश मावि, नेपाल राष्ट्रिय मावि, कालिका मावि, गोरखनाथ आधारभूत विद्यालय, दलित जनविकास मावि, नेपाल राष्ट्रिय मावि ठूलीवार्खु, जनजागरण मावि, जनयुवा मावि, जनज्योति आवि, सरस्वती मावि, जनता मावि झिन्चौर, लालिगुराँस मावि, बालसेवा मावि, सरस्वती मावि, बालकल्यण आधारभूत विद्यालय रहेका शिक्षा विकास तथा समन्वय इकाई रुकुमपश्चिमले जानकारी दिएको छ।
 
समन्वय इकाईका अनुसार आठबिसकोटकै जनविकास मावि, ब्रम्हदेवी मावि, मष्टकैलाश मावि, जलदेवी मावि, जलदेवि बालविकास केन्द्र, जनकल्याण मावि ठूलीबार्खु, मनकामना मावि, सरस्वती मावि मैडाँडा, लालिगुराँस आधारभूत विद्यालय भयाउने, जनभावना आधारभूत विद्यालय चौर, बालहित मावि, आधारभूत विद्यालय घाँटीगौरा, सिर्जना मावि, शीतल आधारभूत विद्यालय गोइरी, शाईकुमारी मावि, लोककल्याण आधारभूत विद्यालय र सहिद स्मृति दिपज्योति नमूना माविमा क्षति पुगेको छ।  

त्रिवेणी गाउँपालिकाका तीनवटा विद्यालयमा पूर्ण र आंशिक क्षति भएको छ। जस अन्तरगत हिमालय जनाता मावि नुवाकोटडाँडा, बालबोध आधारभूत विद्यालय भूर्तिवाङ, जनप्रिय मावि पेउघाको विद्यालयमा भूकम्पले क्षति पुर्याएको छ।

यस्तै, सानीभेरी गाउँपालिकाका १६ वटा सामुदायिक विद्यालयहरूमा क्षति भएको छ। सानीभेरीका गाउँपालिकाको जनकल्यण मावि, शीतल मावि, बालज्योति मावि, जनकल्यण आधारभूत विद्यालय, सानीभेरी मावि, राष्ट्रिय मावि, नवचन्द्र मावि, सरस्वती मावि अर्माडाँडा, सरस्वती मावि चिन्तु, जनसेवा मावि, कालिका मावि, भेरीदोभान मावि, अमरज्योति मावि, दिपज्योति मावि, सूर्योदय मावि र चन्द्रोदय आधारभूत विद्यालयका केही भवनन तथा शौचालयहरूमा आशिंक र पूर्ण क्षति भएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिका सूचना अधिकारी डायमण पुनले जानकारी दिए।

यस्तै, मुसिकोट नगरपालिकाका प्रभात मावि दोपाई, जनकल्याण मावि काँशपोखरी, मुसिकोट खलंगा बहुमुखी क्याम्पस र लक्ष्मी मावि कैलदेउ गरि यस पालिकामा चार वटा विद्यालयका केही भवनहरूमा क्षति पुगेको छ।

बाँफीकोट गाउँपालिकाको बालविकास आधारभूत विद्यालय बडागाउँ र आधारभूत विद्यालय भैसीमेला गरि दुईवटा विद्यालयमा क्षति भएको छ।

यस्तै, चौरजहारी नगरपालिकाका तीनवटा विद्यालयमा क्षति भएको छ। नगरपालिका भित्र पर्ने जनकल्याण आधारभूत विद्यालय रातामाटा, एैश्वर्य आधारभूत विद्यालय बिसाउनेचौर र जनकल्याण माध्यमिक विद्यालय जोगीनेटा विद्यालयमा पनि भूकम्पले क्षति रहेको छ।

१९ विद्यार्थीसहित एक कार्यलय सहयोगीको मृत्यु
भूकम्पबाट रुकुमपश्चिम जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुने विद्यार्थीहरूमा बालविकासदेखि कक्षा ८ सम्ममा अध्ययनरत रहेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिमका अनुसार आठविसकोटमा रहेको नवज्योति आधारभूत विद्यालय छेपारेमा कार्यरत कार्यालय सहयोगी अमृता जैसीको मृत्यु भएको छ।

हेर्नुहोस्, रुकुमपश्चिमा भूकम्पबाट क्षति गरेको विद्यालयहरूको विवरण

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .