ad ad

कर्णाली


भूकम्पबाट रुकुमपश्चिममा ६७५ पशुपन्छी मरे, ६५ लाख बराबरको क्षति

भूकम्पबाट रुकुमपश्चिममा ६७५ पशुपन्छी मरे, ६५ लाख बराबरको क्षति

फाइल तस्बिर


दिनेश बुढा
कात्तिक २३, २०८० बिहिबार १६:५९, सुर्खेत

जरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि रुकुमपश्चिमा ६ सय ७५ वटा पशुपन्छी मरेका छन्। गत शक्रबार (कार्तिक–१७) गते राती ११ः४७ बजेको समयमा आएको  भूकम्पले सो क्षति गरेको हो।  

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमले नेपालखबरलाई उपलब्ध गराएको तथ्यांक अनुसार ६ सय ७५ वटा पशुपन्छी पुरिएर मर्दा ६५ लाख साढे ४६ हजार रुपैयाँ बराबरको धनको क्षति भएको छ। 

भूकम्पबाट सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा पशुपन्छी मरेका पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमका सुचना अधिकारी भुवन चौधरीले जानकारी दिए। 

उनका अनुसार आठबीसकोट नगरपालिकामा गोरु पाच वटा, भैसी ९ वटा, राँगो १ वटा, बाख्रा ३३ वटा खसी १ वटा, भेडा ३ वटा, कुखुरा ३४२ वटा गरी जम्मा तीन सय ९५ वटा पशुपन्छीमा मरेका छन्। उक्त पशुपन्छी मरेपछि आठबीसकोटमा २५ लाख ७३ हजार बराबरको आर्थिक क्षति भएको छ। 

यस्तै, सानीभेरी गाउँपालिकामा गाई ४ वटा गोरू ३ वटा, भैसी ५ वटा, बाख्रा ६५ वटा, कुखुरा १०६ वटा गरि जम्मा एक सय ८३ पशुपन्छी मरेका छन्। उक्त पशुपन्छी मर्दा सानीभेरीमा २४ लाख ६९ हजार बराबरको आर्थिक क्षति भएको छ। 

त्रिवेणी गाउँपालिकामा ६२ वटा पशुपन्छि मरेका छन्। उक्त मेररेका सबै पशुपन्छी त्रिवेणी गाउँपालिका–१४ का रमेश पुन हुन्। ६२ वटा पशुपन्छी मध्ये एक वटा भैंसी, एक वटा बाख्रा, ५० वटा कुुखुरा र १० वटा टर्की रहेका छन्। उक्त पशुपन्छी मरेपछि रमेश पुन ६ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ। 

यस्तै, मुसीकोट नगरपालिकामा दुई वटा भेडा र ३३ वटा कुखुरा गरी ३५ वटा पशुपन्छी मरेका छन्। यस नगरपालिकमा ८ लाख ७९ हजार पाच सय बराबरको आर्थिक क्षति भएको सुचना अधिकारी चौधरीको भनाइ रहेको छ। 

चौरजहार नगरपालिकामा २० हजार बराबरको एउटा बाख्रा भूकम्पका कारण मरेको छ।

यस्तै, सानीभेरी गाउँपालिकामा एउटा खोर, आठबीसकोट नगरपालिका–१४ का बिरु मल्लको खोर, मुसिकोट नगरपालिका–३ का राजु ओलीको एउटा गोठ, वडा नम्बर १ का रामप्रसाद शर्माको एउटा गोठ र त्रिवेणी गाउँपालिका–६ का यज्ञ ओलीको खोर पूर्ण रुपमा भत्किएको छ। 

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमका प्रमुख शेरबहादुर खड्काले मरेका सबै पशुपन्छीको उद्धार गरेर शव व्यवस्थापन गरिसकेको जानकारी दिए। उनले भने, ‘स्थानीय युवा, वडा स्तरमा खटिएका पशु प्राविधिक र सुरक्षाकर्मी लगायतको टोलीले बिहीबार दिउँसो मात्रै मरेका पशुपन्छीको शव व्यवस्थान गरिसकेको छ। अब मरेका पशुपन्छीबाट फैलिनसक्ने सरुवा रोगको कुनै चिन्ता दिनुपदैन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .