ad ad

कर्णाली


रुकुम-पश्चिम जिप दुर्घटना : गम्भीर घाइतेलाई नेपालगन्ज लान गृह मन्त्रालयसँग मागियो हेलिकप्टर

रुकुम-पश्चिम जिप दुर्घटना : गम्भीर घाइतेलाई नेपालगन्ज लान गृह मन्त्रालयसँग मागियो हेलिकप्टर

दुर्घटनास्थल


दिनेश बुढा
मंसिर ४, २०८० सोमबार ११:५०, सुर्खेत

रुकुम-पश्चिममा सोमबार बिहान जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकाहरुलाई नेपालगन्ज रेफर गर्ने तयारी गरिएको छ।

रुकुम-पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक बिहान ९ बजेतिर लु १ ज २२९७ नम्बरको जिप  सडकबाट खस्दा २२ जना घाइते भएका छन्। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

उनीहरुलाई हेलिकप्टरमार्फत नेपालगन्ज लाने तयारी भइरहेको चौरजहारी नगरपालिकाका नगर-प्रमुख पुष्प बादीले जानकारी दिए। 

जिप सडकबाट १५० मिटर तल भेरी नदीको किनारमा खसेको हो। 

घाइतेहरुलाई नेपाल प्रहरी र स्थानीय मिलेर उद्धार गरी चौरजहारी अस्पतालमा लगिएको छ। 

नगर-प्रमुख बादीले भने, ‘गम्भीर घाइते दुई जना बालबालिकालाई एम्बुलेन्समार्फत चौरजहारी अस्पतालले बाहिर रिफर गरिसकेको छ। अन्य पाँच जना गम्भीर छन्। उनिहरुको पनि यहाँ उपचार सम्भव नहुने अस्पतालले बताएको छ। एम्बुलेन्समा रेफरमा समय लाग्ने भएकाले गृह मन्त्रालयलाई चिठी लेखेर हेलिकप्टर मगाएका छौँ। अब आउँछ होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .