ad ad

कर्णाली


सुर्खेतमा सरकारी गाडी गुड्न नदिइएपछि हिँडेरै कार्यक्रमस्थल पुगे मन्त्री पोखरेल

सुर्खेतमा सरकारी गाडी गुड्न नदिइएपछि हिँडेरै कार्यक्रमस्थल पुगे मन्त्री पोखरेल

सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल (ढाका टोपी लगाउने) कार्यक्रस्थलतर्फ जाँदै


नेपालखबर
पुस १६, २०८० सोमबार १२:३१, सुर्खेत

पुस १३ गते ललितपुरको बालकुमारी घटनामा दैलेख र अछामका दुई युवाको मृत्यु भएपछि सुर्खेतमा आन्दोलन चर्किएको छ। यसै सिलसिलामा सोमबार यहाँका सरकारी सवारी साधन चल्न दिइएको छैन। ‘युवा विद्रोह’ संघर्ष समितिले सोमबार बिहानैदेखि सरकारी सवारी साधनहरू सडकमा गुड्नबाट वञ्चित गरेका हुन्।

विद्रोह समूहले शुक्रबार साँझदेखि नै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलन जारी राखेका हुन्।

आन्दोलनकारीको अवरोधका कारण सरकारी सवारी साधन चल्न नसकेपछि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल सोमबार हिँडेरै कार्यक्रम स्थलमा पुगेका छन्।

मन्त्री पोखरेल कर्णाली प्रदेश खेलकुद परिषद्को स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको तेस्रो वार्षिक उत्सव कार्यक्रममा सहभागी हुनका लागि मन्त्रालयबाट हिँडेर कार्यक्रमस्थल पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .