कर्णाली


कर्णालीकी ऊर्जामन्त्री विश्वकर्माका ४३८ दिन : वित्तीय प्रगति १९ प्रतिशत, १५ लाखमुनिका योजनाले समस्या

कर्णालीकी ऊर्जामन्त्री विश्वकर्माका ४३८ दिन : वित्तीय प्रगति १९ प्रतिशत, १५ लाखमुनिका योजनाले समस्या

तस्बिर : दिनेश बुढा


दिनेश बुढा
चैत २६, २०८० सोमबार १५:११, सु्र्खेत

कर्णाली प्रदेशकी जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले आफूले ४३८ दिनमा गरेको प्रगति विवरण सार्वजनिक गरेकी छन्। 

आइतबार पत्रकार सम्लेन गर्दै मन्त्री विश्वकर्माले आफू ऊर्जामन्त्रीमा नियुक्त भएदेखि हालसम्म गरेका प्रगति विवरण सार्वजनिक गरेकी हुन्। 

मन्त्री विश्वकर्माका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा विनीयोजन भएको कुल ३ अर्ब ५३ करोड ९७ लाख बजेटमध्ये दोस्रो चौमासिकको अन्त्यसम्म कुल ६७ करोड ३६ लाख अर्थात १९ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ। 

यस्तै, मन्त्रालयले हालसम्म करिब ४० प्रतिशत भौतिक प्रगति गरेको मन्त्री विश्वकर्माको दाबी छ। 

मन्त्री विश्वकर्माका अनुसार अधिकांश योजनाहरुको सम्झौता भएर निर्माण कार्यले तिब्रता लिएको र यी योजनाको भुक्तानि भएको खण्डमा भौतिक्त प्रगति ४० प्रतिशत हुनेछ। 

मन्त्री विश्वकर्माले २०७८/०७९ मा मन्त्रालयमा  तथा मातहतका निर्देशनालय-कार्यलयहरूको नामको बेरुजुमध्ये १० करोड ७० लाख १८ हजा ९३६ रुपैयाँ ६१ पैसा फर्छ्यौट गरि लगत कट्टाको सिफारिससहित महालेखा परीक्षकको कार्यालयमा पेस गरिएको बताइन्। उनका अनुसार यसमध्ये १२ लाख ४४ हजार ९३६ असुल गरी बैंकमा दाखिला गरिएको छ। 

१५ लाखभन्दा तलका योजना प्रगतिका बाधक 
यस्तै, मन्त्री विश्वकर्माले मन्त्रालयमा आर्थिक वर्ष २०८०/०८१ मा विनीयोजन भएका १५ लाखभन्दा तलका योजनाहरू मन्त्रालयको भौतिक प्रगतिमा बाधक बनेको बताएकी छन्। 

उनका अनुसार मन्त्रालयमा यस्ता योजना ४८२ वटा रहेका छन्। उक्त योजना आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा आएका छैनन्। 

‘आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयबाट विनियोजित बजेट शीर्षकहरु मध्ये सबैको चासो, समग्र जनताको चासो, सञ्चारमाध्यममा पनि चासोको विषय भनेका मन्त्रालय अन्तर्गतका १० लाखका आयोजना वार्षिक विकास कार्यक्रमको अनुसुची अनुसार नै हालसम्म कार्यान्वयन गरिएका छैनन्’, उनले भनिन्।  

मन्त्री विश्वकर्माले भनिन्, ‘१० लाखका आयोजनाहरु १५ लाख बनाएर कार्यान्वयन गर्ने सम्बन्धमा राजनीतिक सहमतिका आधारमा नै अगाडि बढ्ने भनि राजनीतक सहमितलाई कार्यान्वयन गर्न तयार भएकाले हालसम्म कार्यान्वयन नगरिएकाले अहिले यिनै आयोजना मेरो आलोचना र कार्यसम्पादनसँग जोडिएका छन्। मन्त्रालयको प्रगतिका बाधक बनेका छन्।’ 

यस्तै, मन्त्रालयले १० लाखका आयोजनालाई कार्यान्वयन गर्न १५ लाख बनाउनुपर्ने तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग गरेको निर्णयअनुसार अगाडि बढ्दा मन्त्रालयलाई थप २४ करोड १० लाख बजेट आवश्यक पर्ने र उक्त रकम मन्त्रालयसँग नभएकाले कार्यान्यवनमा समस्या भएको मन्त्री विश्वकर्माको गुनासो छ। 

यस मन्त्रालयअन्तर्गत पर्ने १५ लाख भन्दा तलका ४८२ आयोजनामध्ये सिँचाइतर्फ २११, खानेपानीतर्फ १६२ र नदी नियन्त्रणतर्फ १०९ वटा छन्। 

यस्तै, मन्त्री विश्वकर्माले आफ्नो कार्याकालमा कर्णाली सरकारको नीतिमा उल्लेख भएको सोतखोला बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको, समपूरक आयोजना जुम्ल्याह मूल बहुउद्देश्यीय आयोजना आइईई स्वीकृतको चरणमा रहेको र कन्सल्ट्यान्टसँग अन्तिम ड्रफ्टबारे कार्यशाला सम्पन्न भइसकेको बताइन्।

खरिद योजनाको टेन्डर खोलेर मूल्यांकनको चरणमा रहेको, आयोजना बैंकको तयारीका लागि कर्णाली प्रदेशभरका स्थानीय तहहरुबाट आयोजनाहरु मग भइ संकलन भइरहेको, मन्त्रालयमा रहेको १० लाखका योजनाबाहेक विनियोजित बजेटका अन्य आयोजना ९० प्रतिशत बढी सम्झौता भइसकेका उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .