कर्णाली


कर्णालीमा पत्रकार महासंघको चुनाव : दुई प्यानलबीच कडा प्रतिस्पर्धा

कर्णालीमा पत्रकार महासंघको चुनाव : दुई प्यानलबीच कडा प्रतिस्पर्धा

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १५:४०, सुर्खेत

नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै गर्दा कर्णाली प्रदेशमा दुई बलिया प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। मंसिर २८ गते हुने चुनावका लागि केन्द्रदेखि प्रदेश र जिल्लास्तरसम्म अलगअलग समूह चुनावी मैदानमा उत्रिएका छन्।

कर्णाली प्रदेशमा पनि केन्द्रमा जस्तै सत्तारूढ दल नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनको साझा प्यानल (निर्मला शर्मा नेतृत्वको) एक पक्ष छ। अर्कोतर्फ कांग्रेस युनियनको विद्रोही समूह, माओवादी केन्द्र निकट प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन र अन्य वामपन्थी संगठनहरूको समर्थनमा (रमेश विष्ट नेतृत्वमा) अर्को प्यानल खडा भएको छ।

निर्मला शर्मा नेतृत्वको प्यानलबाट कर्णाली प्रदेश कार्यसमितिका लागि विष्णुप्रसाद शर्माले उम्मेदवारी दिएका छन्। विष्ट नेतृत्वको प्यानलबाट प्रेस सेन्टरका गणेश कञ्चन भारती प्रतिस्पर्धी छन्।

शर्मा प्यानलका उम्मेदवारहरू उपाध्यक्ष (खुल्ला) लक्ष्मण केसी, उपाध्यक्ष (महिला) अप्सरा विष्ट, महासचिव खगेन्द्रप्रसाद भट्टराई, सचिव (खुल्ला) विस्नप्रसाद न्यौपाने, सचिव (समावेशी) अशोक राजी, कोषाध्यक्ष ईश्वरराज अधिकारी रहेका छन्।

यस्तै, भारती प्यानलका उम्मेदवारहरुमा उपाध्यक्ष (खुल्ला) नारायणबहादुर खड्का, उपाध्यक्ष (महिला) सरिता चलाउने, महासचिव दीपक बुढा, सचिव (खुल्ला) नन्दराम जैसी, सचिव (समावेशी) भिमबहादुर परियार कोषाध्यक्ष अशोककुमार सिंह रहेका छन्।

चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबार साँझ सम्पन्न भएको थियो। दुई प्यानलबीचको यो प्रतिस्पर्धा कर्णाली प्रदेशको पत्रकारिताको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण घडीको रूपमा हेरिएको छ।

समर्थन जुटाउन उम्मेदवारहरू आ–आफ्नो रणनीतिमा सक्रिय छन्। अब मतदाताको अभिमतले नै प्रदेश नेतृत्वमा को विजयी हुन्छ भन्ने निर्धारण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad