कर्णाली


सुर्खेतको विद्यापुर क्याम्पसमा फेरि नेविसंघका नेपाली निर्वाचित

सुर्खेतको विद्यापुर क्याम्पसमा फेरि नेविसंघका नेपाली निर्वाचित

नेपालखबर
चैत १९, २०८१ मंगलबार ९:३, सुर्खेत

सुर्खेतको पञ्चपुरी नगरपालिका-९ मा रहेको विद्यापुर क्याम्पसको स्ववियु अध्यक्षमा पुन: नेपाल विद्यार्थी संघका चेतन नेपाली विजयी भएका छन्। चेतन यसअघि पनि स्ववियु अध्यक्ष थिए।

सोमबार भएको चुनावनमा नेपालीले गठबन्धनका उम्मेदवार जनक विष्टलाई हराएका हुन्।

यस्तै सो क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट उम्मेदवार बनेका हार्दिक थापा निर्वाचित भएका छन्। उनले नेविसंघका शिक्षा थापालाई हराएका हुन्। 

यस्तै कोषाध्यक्षमा नेविसंघकी कल्पनाकुमारी थापा गठबन्धनकी उम्मेदवार अस्मिता कँडेललाई हराउँदै विजयी भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad