कर्णाली


जाजरकोटमै केन्द्रविन्दु भएर दोस्रो भूकम्प, अघिल्लोभन्दा शक्तिशाली

जाजरकोटमै केन्द्रविन्दु भएर दोस्रो भूकम्प, अघिल्लोभन्दा शक्तिशाली

नेपालखबर
चैत २२, २०८१ शुक्रबार २०:५०, जाजरकोट

जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प भएको छ।

अघिल्लो भूकम्पभन्दा दोस्रो भूकम्प बढी शक्तिशाली छ।

जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भएर शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो। उक्त भूकम्प ५.२ म्याग्निच्युडको थियो।

दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा गएको छ।
बेलुकाकाे २०:१० बजे जाजरकोट जिल्लाकाे कुशे गाउँपालिका पैँक भन्ने स्थानमा केन्द्रबिन्दु भई ५.५ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

क्षतिकाे विवरण बुझ्ने कार्य भइरहेकाे छ र कुशे, बारेकाेट, छेडाकाे माथिल्लाे भाग र जुनिचाँदे क्षेत्रमा क्षति गरेकाे हुन सक्ने प्रहरीले बताएको छ।

भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad