कर्णाली


बेलिब्रिजले जोडिए मुगु र हुम्ला

बेलिब्रिजले जोडिए मुगु र हुम्ला

दिनेश बुढा
साउन १४, २०८२ बुधबार १९:१९, सुर्खेत

मुगु र हुम्ला जिल्ला बेलिब्रिजले जोडिएको छन्। हुम्लाको चंङ्खेली गाउँपालिका-२ र ४ को सिमानामा पर्ने लोतीखोलामा पुल बनेपछि मुगु र हुम्ला जोडिएका हुन्। 

बुधबार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले दुई जिल्लालाई जोड्ने लोती कर्णाली नदीमाथिको बेलिब्रिजको उद्घाटन गरेका छन्।

पूर्वमुख्यमन्त्री शाहीले मुगु, जुम्ला हुँदै अन्य प्रदेश राजधानी र तराईका जिल्लासँग हुम्ला सदरमुकाम सिमकोटको पहुँच स्थापित भएको बताए।

‘२०५५ सालदेखि सुरु गरिएको हुम्ला सडक अभियान अहिले आएर साकार हुँदैछ,’ उनले भने, ‘तीन तहका सरकार र जनस्तरको निरन्तर प्रयासले यो उपलब्धि सम्भव भएको हो।’

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय, जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मंसिर २३ गते कङ्ग्री निर्माण सेवासँग बेलिब्रिज निर्माणका लागि सम्झौता गरिएको थियो। 

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बेलिब्रिज निर्माणले आफ्नो पालिकाका तीन वडाका नागरिकले पालिकाको केन्द्र पिप्लाङ आउन तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बेलिब्रिज सञ्चालनमा आएपछि हटेको बताए। 

४ करोड ९८ लाख रुपैयाँमा निर्माण भएको यो बेलिब्रिज ४२ मिटर लम्बाइ, १० मिटर उचाइ र ३.१५ मिटर चौडाइको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad