समाज


मन्त्रालयको आर्थिक व्यवस्थापन पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीले जारी गरे कार्यविधि

मन्त्रालयको आर्थिक व्यवस्थापन पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीले जारी गरे कार्यविधि

नेपालखबर
साउन १४, २०८२ बुधबार १९:३५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयअन्तर्गत कार्यालयहरूको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन्।

कार्यविधिले मन्त्रालय तथा मातहतका कार्यालयहरूको आर्थिक कारोबार तथा वित्तिय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ। साथै मन्त्रालयमा आर्थिक मितव्ययीता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

बजेट तर्जुमा, रकमान्तर प्रक्रिया, खर्च नियन्त्रण, बेरुजु  व्यवस्थापन, अन्र्तसम्बन्ध तथा पारदर्शीता जस्ता विषयलाई कार्यविधिले समेटेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

यस कार्यविधिले मन्त्रालयको आन्तरिक कार्यसम्पादन तथा अभिलेख प्रक्रियालाई प्रभावकारी बनाउने र कर्मचारीहरूलाई यसमा थप जिम्मेवार बनाउने समेत लक्ष्य राखेको छ।

कार्यविधिले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ध्यान दिनुपर्ने आधारहरू प्रष्ट गरेको छ। रकमान्तर गर्दा ख्याल गर्नुपर्ने विषयलाई समेत कार्यविधिमा थप प्रष्ट पार्ने प्रयास गरिएको छ।

कार्यविधिले मन्त्रालय तथा मातहतका कार्यालयहरूमा देखिएको बेरुजु समस्या सम्बोधनमा समेत विशेष मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad