राजनीति


मधेसका पूर्वप्रमुख अहिराजलाई लगियो डिल्लीबजार कारागार

मधेसका पूर्वप्रमुख अहिराजलाई लगियो डिल्लीबजार कारागार

नेपालखबर
साउन १४, २०८२ बुधबार १९:३८, काठमाडौँ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भए बमोजिम डिल्ली बजार कारागार लगिएको छ। आज बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको थियो। 

रौतहटको गढीमाई नगरपालिका-४ का ४६ वर्षीय झाविरुद्ध एक युवतीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। १० दिन पहिले बानेश्वरबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। 

ती युवतीले २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरस्थित आफ्नो कोठामै आएर अहिराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। केही वर्ष पहिले नै परिवारिक रुपमै उनीहरुको चिनजान रहेको खुलेको छ। पटक-पटक आउजाउ भएको पनि पाइएको छ। 

तर त्यस दिन दिउँसो १२ बजेतिर अहिराजले आफूलाई धाकधम्की दिएर जबर्जस्ती करणी गरेको जाहेरवाला युवतीको आरोप छ। तर ती युवतीले आफूलाई पटक पटक ब्ल्याकमेलिङ गरेको आरोप लगाउँदै अहिराजले तीन लाख रुपैयाँ ती युवतीलाई दिइसकेको बयान दिएका छन्।

युवतीले आफूसँग पहिले विदेश जानका लागि भन्दै २० लाख रुपैयाँ माग गरेको तर पछि विदेश नगए पनि रकम दिनु भन्दै माग गरेकाले ३ लाख रुपैयाँ दिएको उनको बयान छ। २०८१ भदौ २३ गते ३ लाख रुपैयाँ दिएको उनको दाबी छ।

उनले ती युवतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमै आपराधिक लाभ (हनी ट्रयाप) को आरोपमा २०८१ मंसिर ७ गते जाहेरी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad