सुर्खेतमा आन्दोलनरत जेन-जीले प्रमुख तीन दलका पार्टी कार्यालयअघि प्रर्दशन गरेका छन्।
प्रमुख राजनीति दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेश कार्यालय घेरेर प्रदर्शन गरेका हुन्।
आइतबारको आन्दोलनमा सरकारको दमनबाट १९ जनाको मृत्यु भएको विरोधमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।
सोमबार बिहान कर्णाली प्रदेशसभा र मुख्यमन्त्रीको सरकारी निवासअघि विरोध प्रर्दशन गरेका उनीहरूले अहिले राजनीतिक दलका पार्टी कार्यालय घेराउ गर्न थालेका हुन्।
उनीहरूले तीनै दलका शीर्ष नेताहरूको चर्को विरोध गरिरहेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन्।
78
Shares

प्रतिक्रिया