समाज


मधेसका मुख्यमन्त्रीको कार्यालयमा तोडफोड

मधेसका मुख्यमन्त्रीको कार्यालयमा तोडफोड

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ११:२९, काठमाडौँ

जेनजीले मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका छन्। 

जनकपुरधामस्थित मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान ढुंगामुढा भएको हो। 

सरकारी दमनको विरुद्धमा बिहानैदेखि युवा विद्यार्थीले जनकपुरमा पनि प्रदर्शन गरिरहेका छन्। आन्दोनलकारीले रौतहटको चन्द्रपुर नगरपालिका कार्यालयमा पनि तोडफोड गरेका छन्। 

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र सुनसरीको इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad