कर्णाली


डोल्पामा स्थानीय र प्रहरीबीच विवाद, प्रहरी चौकीमा तोडफोड

डोल्पामा स्थानीय र प्रहरीबीच विवाद, प्रहरी चौकीमा तोडफोड

दिनेश बुढा
पुस १९, २०८२ शनिबार २१:४, सुर्खेत

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा स्थानीय र प्रहरीबीच विवाद भएको छ। स्थानीयहरुको कुटपिटबाट प्रहरी तथा स्थानीयहरु घाइते भएका छन्। 

त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने इलाका प्रहरी कार्यालय खदाङ्ग र सोही वडामा पर्ने ल्हाँ गाउँका स्थानीयबीच शनिबार दिउँसोदेखि विवाद भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। 

जिप्रका डोल्पाका सूचना अधिकारी तथा इन्स्पेक्टर टोपेन्द्र बुढा मगरले शनिबार दिउँसो ३ बजेबाट स्थानीय र प्रहरीबीच विवाद हुँदा प्रहरी र स्थानीयहरु घाइते भएको जानकारी दिए। 

‘एक जना स्थानीय बेपत्ताको विषयमा प्रहरी र स्थानीयहरुबीच छलफल भइरहेको थियो। तर, विस्तारै स्थानीयहरु प्रहरीसँग विवादमा उत्रिनुभयो,’ उनले नेपालखबरसँग भने, ‘हाम्रा केही सार्थी घाइते हुनुभएको छ। ४/५ जना सम्पर्कमा हुनुहुन्न।’

उनकाअनुसार इलाका प्रहरी कार्यालय खदाङ्गमा असईको नेतृत्वमा ११ जना प्रहरी रहेका थिए। प्रहरीका अनुसार दोहोरो विवादले उग्ररूप लिएपछि ल्हाका स्थानीयले चौकी तोडफोड गरेका छन्। 

प्रहरीका अनुसार शुक्रबार साँझ लागुऔषधको ओसारपसारमा संलग्न रहेको आशंकामा ल्हाँ गाउँका ३४ वर्षीय स्थानीय युवा जुन रोकायलाई चेकजाँच गर्न खोज्दा भेरी नदीमा फाम फालेर बेपत्ता भएका थिए। 

उक्त विषयलाई लिएर स्थानीयहरुले शुक्रबार बेलुकादेखिनै प्रहरी कार्यालय घेरेर विरोध जनाएका थिए। 

यस्तै, जिल्ला प्रहरी कार्यालय डोल्पाले घटना बारे थप अनुसन्धानका लागि सुरक्षा निकायलाई घटनास्थलतर्फ परिचालन गरिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad