ad ad

कर्णाली


पूर्वसहयात्रीलाई हराउँदै दैलेख–१ मा एकीकृत समाजवादीका थापा विजयी

पूर्वसहयात्रीलाई हराउँदै दैलेख–१ मा एकीकृत समाजवादीका थापा विजयी

दिनेश बुढा
मंसिर ८, २०७९ बिहिबार ४:१८, सुर्खेत

दैलेख क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार अम्मरबहादुर थापा विजयी भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका थापा १८ हजार २ सय ५६ मतसहित वियजी भएका हुन्।

थापाका प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४ सय ७ मत प्राप्त गरेका छन्।

प्रतिस्पर्धी दुवैजना एमालेका पूर्वसहयात्री हुन्। शर्मा एमालेका दैलेख जिल्ला अध्यक्ष हुन् भने थापा समाजवादीका कर्णाली प्रदेश अध्यक्ष हुन्। थापा–शर्मा झण्डै तीन दशक एउटै पार्टीमा थिए।

थापाले एमालेबाट ०६४ को संविधानसभा निर्वाचन, ०७० मा प्रतिनिधिसभा र ०७४ मा प्रदेशसभा चुनावमा भाग लिएका थिए। जसमध्ये ०६४ मा कांग्रेसका गणेश खड्कासँग पराजित भए भने ०७० मा खड्कालाई पराजित गरे।

थापाले १४ वर्ष एमाले दैलेखको नेतृत्व गरेका थिए।

यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री समेत रहेकी कुन्तीकुमारी शाही ४ हजार ६ सय २ मतसहित तेस्रो स्थानमा रहेकी छिन्।

त्यस्तै, यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ३ सय ८६ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .