ad ad

राजनीति


लमजुङबाट पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित

लमजुङबाट पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ४:३७, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १८८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

निर्वाचित गुरुङले ३४ हजार ९६९ र निकटतम प्रतिस्पर्धी गुरुङले ३१ हजार ७८१ मत पाएको लमजुङका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार लमजुङमा कूल १ लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार १९२ मत खसेको थियो। खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर खनालले बताए। 

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेर तेस्रो भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .