नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्।
उनी नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग ३ हजार १८८ मतले पराजित भएका हुन्।
लमजुङका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले माओवादी केन्द्रका महासचिव गुरुङ पराजित भएको पुष्टि गरेका छन्।
उनका अनुसार एमाले उपमहासचिव गुरुङ ३४ हजार ९६९ सहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा गुरुङले ३१ हजार ७८१ मत पाएका छन्।
गत आइतबार सम्पन्न मतदानमा लमजुङका कूल १ लाख ३३ हजार ५५९ मध्ये ८० हजार १९२ मतदाताहरु सहभागी भएका थिए। खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर मुख्य निर्वाचन अधिकृत खनालले बताए।
प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेर तेस्रो भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन्।
Shares
प्रतिक्रिया