ad ad

कर्णाली


सुरु भयो कर्णालीमा एमालेको अभियान (तस्बिर)

सुरु भयो कर्णालीमा एमालेको अभियान (तस्बिर)

दिनेश बुढा
मंसिर १७, २०८० आइतबार १३:२६, सुर्खेत

नेकपा (एमाले)को ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको अभियान सुदूरपश्चिमको अछाम जिल्ला र कर्णालीको दैलेख जिल्ला प्रवेश गर्ने पुल तरेर टोली कर्णाली प्रवेश गरेको हो।

मध्यपहाडी राजमार्ग अन्तर्गत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशले बिदाई र कर्णालीले स्वागत गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको हो। 

अछाम र दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियान टोली कर्णाली प्रदेश प्रवेश गरेको हो।

कर्णाली पुलमा आयोजित संक्षिप्त कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष दाामोदर भण्डारीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेका थिए।

पञ्चकलस र पञ्चकन्या सहित पार्टी प्रदेशका नेता कार्यकर्ताको टोलीले एमाले अध्यक्ष ओली नेतृत्वको अभियान टोलीलाई कर्णालीमा प्रदेश इन्चार्ज भट्ट, स्थायी कमिटि सदस्य उामलाल कँडेल, गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह नेतृत्वका एमाले कर्णालीका सयौ नेता तथा कार्यकर्ताको टोलीले स्वागत गरेको हो। 

अछामको वेलखेतबाट पैदल पुल क्रस गरेका एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम र कर्णाली जोड्ने पुलको अवलोकन समेत गरे।

ओलीले आज राकम कर्णालीमा आयोजना हुने आमसभालाई सम्बोधन गर्नेछन्।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ बुधबारदेखि सुरु हुने ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का लागि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्यूरा  सदस्य र केन्द्रीय सदस्य लगायतका नेतहरु अभियानमा सहभागी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .