ad ad

कोशी


भारत लैजान लागिएको १५० कार्टुन रक्सी बरामद

भारत लैजान लागिएको १५० कार्टुन रक्सी बरामद

सुमन पुरी
साउन ९, २०७९ सोमबार १५:४८, विराटनगर

भारतको बिहारमा रक्सी प्रतिबन्ध भएपनि नेपालबाट रक्सी तस्करी हुने गरेको पाइएको छ।

आइतबार राति भारत तस्करी हुन लागेको एक ट्याक्टर रक्सी मोरङ प्रहरीले बरामद गरेपछि यो तथ्य खुलेको हो।  

प्रहरीले मोरङको जहदा गाउँपालिका १ कालाबंजरा स्थित नेपाल सिमामा नेपालबाट भारत तर्फ लैजाँदै गरेको १५० कार्टुन रक्सी बरामद गरेको छ।

को१त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लाँदै गरेको अवस्थामा दिलवाले ब्राण्डको साे रक्सी बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए। 

बरामद गरिएको रक्सीको मूल्य १ लाख ३५ हजार बराबर रहेको प्रहरीले जनाएको छ।

प्रहरीलाई देख्नासाथ चालक रक्सी र ट्रयाक्टर छोडी फरार भएका थिए।

चालककाे खोजतलास भइरहेको र नियन्त्रणमा लिएको रक्सी आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .