ad ad

कोशी


प्रदेश १ : सभामुखको निर्वाचन पुस २८ गते

प्रदेश १ : सभामुखको निर्वाचन पुस २८ गते

नेपालखबर
पुस २६, २०७९ मंगलबार १५:६, विराटनगर

प्रदेश १ सभाले पुस २८ गते सभामुख पाउने भएको छ। ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको प्रदेशसभा बैठकले पुस २८ गते सभामुखको निर्वाचनका लागि मिति  तोकेको हो।

सत्तारूढ दलले प्रदेश १ प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई उम्मेदवार बनाउने सहमति गरेका छन्।

ओखलढुंगा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद गौतमलाई सभामुखको उम्मेदवार बनाउने तयारी भएको हो।

प्रदेश सभा सचिवालयले सभामुखको उम्मेदवारका लागि कार्यतालिका आज सार्वजनिक गर्नेछ। प्रदेश १ मा सभामुख माओवादीको भागमा परेको छ। प्रदेश सभा बैठकको कार्यतालिका अनुसार आजै सभामुखका उम्मेदवारको मनोनयन हुने छ। 

मण्डलको अध्यक्षतामा बसेको प्रदेश सभा बैठकमा सरकार गठन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए। बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरेका छन्।

एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्रकुमार राईले पछिल्लो अवस्थामामा प्रदेश संरचनाप्रति विभिन्न कोणबाट भइरहेको प्रहारलाई विफल तुल्याउन गरि अबका सरकारले काम गर्नुपर्ने बताए। 

उनले प्रदेश व्यवस्था खारेजीको तहबाट समेत कुरा आइरहे पनि अहिले नै सबै कुरा डुबिहालेको अबस्था नरहेको उनको भनाइ छ। तर अब जनप्रतिनिधिले विगतमा भएका कमी कमजोरीलाई निर्मम रुपमा समीक्षा र्गा आवश्यक रहेको बताए। उनले विगतमा जस्तो

प्रतिपक्षले सधै सरकारको विरोध गर्ने भन्दा पनि समय सापेक्ष अब रचनात्मक प्रतिपक्षका रुपमा आफ्नो पार्टीको भूमिका हुने बताए। तर उनले विगतको जस्तो सरकारले प्रतिपक्षलाई पेलेर जाने परिपाटीको अन्त्य हुनुपर्नेमा उनको जोड थियो।

राप्रपाका प्रदेश सांसद अम्बरबहादुर बिष्टले संघीयताको विरोधी आफ्नो पार्टी नरहेपनि प्रदेश संरचना राख्न आवश्यता नरहेको बताए। उनले तीन तहको संरचना मध्ये प्रदेश संरचनाले आर्थिक भार बढाएको भन्दै खारेजी गर्नुपर्ने बताए।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामाकरण यो सरकारले पहिलो प्राथमिकतामा राखेर चाँडै टुंग्याउन आवश्यक रहेको बताए। उनले राज्यको संरचना बाँडफाँट र द्वन्द्व समाधानका लागि संघीयतामा मुलुक गएको स्मरण गराउँदै संघीयता मुलुकको आवश्यता रहेको बताए। संघीय सरकारले ऐन समयमा नबनाउँदा प्रदेशमा बनेका ऐन पनि कार्यान्वयनमा जान नसकेको बताए।

प्रदेश सरकार महंगो र खर्चिलो भएको गुनासोप्रति प्रष्ट पार्दै प्रदेश संरचना सहज सेवा प्रवाह गर्ने संरचना भएको जिकिर गरे। यो सरकारलाई दलको तर्फबाट सधैँ साथ र सहयोग हुने बताए।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले प्रदेश सरकार जनताको जनजीविकाको सवालमा केन्द्रित हुन आवश्यक रहेको बताए। थापाले आर्थिक व्ययभारलाई देखाएर संघीयता खारेजीका कुरा गर्नुभन्दा यसलाई  थप सुदृढीकरण गर्दै लानु पर्ने बताए।

सरकारले विधि र विधानको अधिनमा रहेर गर्ने काममा कांग्रेसको सधैँ साथ रहने उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .