ad ad

कोशी


हंसराजलाई हटाउने कोशी प्रदेशको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

हंसराजलाई हटाउने कोशी प्रदेशको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

नेपालखबर
जेठ २२, २०८० सोमबार २०:२३, काठमाडौँ

खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। 

सोमबार न्यायाधीशद्वय कृष्ण कमल अधिकारी र राजन प्रसाद भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो।

वाग्लेले यही वैशाख १४ देखि १६ सम्म झापाको दमकमा भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा ‘कोशी प्रदेश’ नलेखी फ्लेक्स र ब्यानर लगायत सामाग्री प्रयोग गरेको आरोप छ।

उनलाई सो आरोपमा पदबाट हटाउने निर्णय भएको थियो। 

उनले कोशी प्रदेश सरकार, कोशी प्रदेशको नामसमेत उल्लेख नगरी प्रतियोगिता गराएको आरोपमा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले प्रदेशको स्थायी नाम कोशी कायम गरेपछि त्यहाँ आन्दोलन छ।

पहिचानवादीको डरका कारण वाग्लेले कोशी नलेखी उक्त खेलकुद प्रतियोगिता गराएपछि प्रदेश सरकार आक्रोशित भएको थियो।

मन्त्रालयले यस प्रकरणमा खेलकुद विकास समितिको खाता पनि रोक्का गरिदिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .