ad ad

कोशी


नहरमा नुहाउने क्रममा बेपत्ता युवकको शव सशस्त्र प्रहरीले निकाल्यो

नहरमा नुहाउने क्रममा बेपत्ता युवकको शव सशस्त्र प्रहरीले निकाल्यो

नेपालखबर
चैत ४, २०८० आइतबार १८:२४, काठमाडौँ

नहरमा नुहाउने क्रममा बेपत्ता भएका एकजना युवकको शव प्रहरी निकालेको छ

सुनसरीको इटहरी उपमहानगरपालिका-९ ढोकापुलस्थित सप्तकोसीको चतरा-खनार नहरमा नुहाउने क्रममा बेपत्ता भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भएका १८ वर्षीय अम्बिराज राईको शव निकालिएको हो।

सुनसरीको इटहरी-८ मा डेरा गरी बस्दै आएका उनी नहरमा बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस दुहबीबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा ५ टोली खटिएको थियो।

उता सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वार्टर सुनसरीको समन्वयमा सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालयको गोताखोरसहितको प्रादेशिक बिपद् व्यवस्थापन टिम पनि उद्धारमा पुगेको थयो।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कट्वालसहितको १० जनाको बिपद् उद्धार तालिम प्राप्त गोताखोर टोली पुगेर आइतबार साँझ खोजी गरेको थियो।  

सशस्त्रको टोलीले अम्बिराजको शव नहरमा डुबेकै स्थानबाट निकालेको हो। उनको शवलाई अहिले पोस्टमार्टका लागि धरान पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .