कोशी


हराएको पर्ससहित नगद १९ हजार धनीलाई फिर्ता

हराएको पर्ससहित नगद १९ हजार धनीलाई फिर्ता

नेपालखबर
जेठ ६, २०८२ मंगलबार २१:५, विराटनगर

झापा प्रहरीले नगद सहित हराएको पर्स फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। 

सोमबार झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३१ की बबिना मगरको नगद रहेको पर्स चन्द्रगढी विमानस्थल जाने क्रममा हराएको थियो।

१९ हजार नगद रहेको पर्स हराएको बारेमा जिल्ला प्रहरी कार्यालय झापामा जानकारी गराएकोमा प्रहरीले उनको हराएको पर्स खोजी कार्यलाई तीव्र बनाएको थियो।  

खोजी गर्ने क्रममा फेला परेको नगद सहितको पर्स आज जिल्ला प्रहरी कार्यालय झापाले पर्स धनी मगरलाई नगद १९ हजार सहित फिर्ता गरेको हो। अटो चढ्नेक्रममा खसेको पर्स अटो चालकले राखिदिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad