कोशी


अवरुद्ध कोसी राजमार्ग १२ घण्टापछि एकतर्फी खुल्यो

अवरुद्ध कोसी राजमार्ग १२ घण्टापछि एकतर्फी खुल्यो

सुमन सुस्केरा
जेठ १७, २०८२ शनिबार १९:२९, विराटनगर

गएरातीको अविरल वर्षाका कारण अवरुद्ध भएको कोसी राजमार्ग एकतर्फी संचालनमा आएको छ।

शनिबार साँझ ६ः३० बजे मुलघाटको अवरुद्ध सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक धुव नारायण श्रेष्ठले जानकारी दिए।

बिहान करिब ६ बजेतिर अबिरल परेको बर्षाको कारण धनकुटाको साँगुरीगढी गापा- ६ कोशी राजमार्गस्थित फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले  १०० मिटरभन्दा बढी सडक कटान गरेर बगाएको थियो। 

सडक बगाएपछि सो क्षेत्रमा यातायात  १२ घण्टादेखि अबरुद्ध भएको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad