राजनीति


सभापतिभन्दा राम्रो प्रधानमन्त्री चलाउने मान्छे पार्टीमा दर्जनौँ छन् : गगन थापा

सभापतिभन्दा राम्रो प्रधानमन्त्री चलाउने मान्छे पार्टीमा दर्जनौँ छन् : गगन थापा

नेपालखबर
जेठ १७, २०८२ शनिबार १९:४८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सभापति शेरबहादुर देउवाभन्दा राम्रो प्रधानमनत्री चलाउने मान्छे भएको टिप्पणी गरेका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यस्ता दर्जनौँ मान्छे पार्टीमा भएको बताए।

‘अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ,’ थापाले भने, ‘म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ। मज्जाले सक्छ।’

उनले नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने समेत बताए। संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने थापाको भनाइ छ।

‘म लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनीतिमा लाग्दै गर्दा हामी नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था दुई वटा पिल्लरहरु छ, यसैबाट अघि बढ्ने भन्नेकुरालाई खालि यो ट्याक्टिल कुरा मात्रै होइन, विश्वासका साथ मान्दै आएको राजनीतिक दल भयौँ,’ उनले भने, ‘यसबाट शिक्षित भएका मानिस भयौँ। हामी सँगसँगै एउटा निष्कर्षमा पुग्यौँ- नेपालको  राजसंस्था, नेपाली काँग्रेस राजावादी भयो, तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन। नेपालको राजसंस्था राजतन्त्रवादी भयो। नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले नेपालको  राजसंस्थालाई न हिजो, न भोलि, कसैले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनै सक्दैन। त्यसैले हाम्रो डिभेड संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा हुँदै हुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad