कोशी


अन्य विद्यालयका शिक्षकलाई मूल्याङ्कन विधि सिकाउँदै पोखरिया मावि

अन्य विद्यालयका शिक्षकलाई मूल्याङ्कन विधि सिकाउँदै पोखरिया मावि

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार २१:५१, विराटनगर

आधारभूत तह ९कक्षा १ देखि ३० मा लागू गरिएको पाठ्यक्रममा आधारित विद्यार्थी मूल्याङ्कन प्रणाली सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ।

पोखरिया माध्यमिक विद्यालयको आयोजनामा जेष्ठ २९ र ३० गते  भएको कार्यशालामा विराटनगर महानगरपालिका भित्रका १२ विद्यालयका ३४ जना शिक्षक सहभागी थिए। प्रत्येक विद्यालयबाट दुईरदुई जना शिक्षक सहभागी गराइएको थियो भने पोखरिया माविका ९ जना सहभागी थिए।

महेश गौतम र शिक्षा विज्ञ नरहरि कोइरालाले कार्यशालामा प्रशिक्षण दिएका थिए।  उनीहरूले सहभागी शिक्षकहरूलाई विद्यार्थी मूल्याङ्कनका सैद्धान्तिक पक्ष र व्यवहारिक अभ्याससम्म प्रशिक्षण दिएका थिए।

कार्यशालामा सहभागी शिक्षकहरूको तर्फबाट बोल्दै  ज्योति आधारभूत विद्यालयका शिक्षक भोजकुमार अधिकारीले दुई दिनसम्मको तालिम निक्कै  प्रभावकारी भएको बताए। प्रशिक्षणमा पाठ्यक्रम, शिक्षा निर्देशिका, पोर्टफोलियोको विषयहरूमा ज्ञान लिन पाएकामा खुसी व्यक्त गरे।

उनले दुई दिनसम्म नेपाली, गणित, सेरोफेरो र अङ्ग्रेजी विषयमा मूल्याङ्कन पद्धतिको बारेमा जानकारी प्राप्त भएको बताए।

जनता नमुना मावि कि शिक्षक कल्पना शर्माले तालिमबाट सिकेका ८० प्रतिशत विषयलाई तत्काल कार्यान्वयन गरेर जान सकिने बताइन। कसरी पढाउने, के के पढाउने, प्रश्न पत्र कसरी बनाउने र मूल्याङ्कन कसरी गर्ने भन्ने बारेमा जानकारी प्राप्त  भएको  उनको कथन छ।

पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले सिक्ने कुरालाई रिफ्रेसमेन्टको रूपमा अघि सारिएको बताए।  प्रत्येक शैक्षिक सत्रमा विगतमा गरेका अभ्यासलाई थप प्रभावकारी बनाउने बारेमा प्रशिक्षण दिइएको बताए। पाठ्यक्रमको हार्ड कपी अनिवार्य राख्ने कामको थालनी सबै विद्यालयले गर्नु पर्नेमा जोड दिए।

सार्वजनिक विद्यालयको गुणस्तर सुधार गर्न सबैले मिलेर साझा खालका उद्देश्य बोकेर अघि बढ्न आग्रह गरे। कार्यक्रममा विराटनगर महानगर पालिकाका शिक्षा अधिकृत कृष्ण भट्टराईले पाठ्यक्रम अनुसारका मूल्याङ्कन पद्धतिलाई  कार्यान्वयन सबै विद्यालयले अनिवार्य गर्नु पर्ने बताए।

कार्यशालामा सहभागीहरूले समूह छलफल, प्रस्तुति, अभ्यास कार्य र प्रश्नोत्तर सत्रमार्फत मूल्याङ्कन प्रणालीलाई अझ स्पष्ट रूपमा बुझ्न पाएका थिए। सहभागी शिक्षकहरूले कार्यशालाबाट प्राप्त ज्ञानले विद्यालयमा विद्यार्थीको सिकाइ प्रगति मापनमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad